FAQs Complain Problems

ग्यालरी

सुनकोशी गाउँपालिकाको आ.व.२०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पकेट क्षेत्र निर्माण कार्यक्रम अन्तर्गतको तकारी पकेट कार्यक्रम संचालनको लागी  सुनकोशी गाउँपालिका र सुनकोशी गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सितलपाटि दुग्ध उत्पादक कृषि सह्कारी बिच(५०%) लागत साझेदारीमा तरकारी पकेट कार्यक्रम संचालन गर्नको लागी भएको सम्झौता अनुसारको कार्यक्रमको अनुगमन तथा  कृषि सामाग्री  वितरण कार्यक्रम सम्पन्न भयो ।

मिति: 03/13/2024 - 21:53
, , , ,

आज मिति २०८०/११/३० गते सुनकोशी गाउँपालिका रामटार, सिन्धुलीमा स्थानीय तहमा महामारी व्यवस्थापन पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको लागि १ दिने अभिमुखिकरण कार्यक्रमका केहि झलकहरु ।

मिति: 03/13/2024 - 12:19
, , , , ,

यहि पौष ११ गते देखि सुरु भएको सुनकोशी गाउँपालिका द्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद " भन्ने मूल नारा सहित आज भव्य रुपमा सम्पन्न ।

प्रथम स्थान हासिल गर्ने विद्यालय : श्री दिर्घ प्रदिप मा.वि, खाल्टे

दृतिय स्थान हासिल गर्ने विद्यालय: श्री प्रगतिशील मा.वि, बोहोरेटार

तृतीय स्थान हासिल गर्ने विद्यालय : श्री ज्वालादेवी मा.वि, दुम्जा

सहभागी सम्पूर्ण विद्यालयहरुलाई हार्धिक धन्यवाद !

विजयी हुने सम्पूर्ण भाईबहिनीहरुलाई धेरै धेरै बधाईका साथै उज्जवल भविष्यको सुभकामना ।

मिति: 12/29/2023 - 21:41
, ,

सुनकोशी गाउँपालिका द्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद " भन्ने मूल नारा सहित माननीय राजन दाहाल ज्युको प्रमुख आतिथ्यतामा उत्घाटन गरियो ।

मिति: 12/27/2023 - 19:05
, , ,

मिति २०८०।०८।२४ गते मानवअधिकार दिवस डिसेम्बर १०काे अवसरमा प्रत्येक वडाका १।१ जना अति विपन्न र अशक्त नागरिकहरुलाई न्यानाे कपडा (सिरक र डस्ना) उपलब्ध गराइएको छ ।

मिति: 12/19/2023 - 12:25
, ,

सुनकोशी गाउँपालिकामा पाल्नुहुने सेवाग्राही तथा नागरिकलाई संचारमा पहुच दिलाउन र सेवा लिनको लागि इलेक्ट्रोनिक माध्यमबाट कागजपत्र जुटाउन लागि र सडक क्षेत्रमा आकस्मिक र आपकालिन समयमा संचार सुविधा प्रयाेग गर्न सुनकोशी गाउँपालिकाले भवनको सेरोफेरो सडकलाई प्राथमिकता दिई Free Wifi को व्यवस्था गरिएको जानकारी गराइन्छ ।

मिति: 12/08/2023 - 12:27
,

आज मिति २०८०।०८।१६ गते शनिबारका दिन करदता सेवा कार्यालय सिन्धुलीबाट यस गाँउपालिकाभित्रका विद्यालयहरुकाे लेखा हेर्ने कर्मचारी र प्रधानाध्यापक ज्यूहरु साथै सहकारीका लेखा प्रतिनिधिहरुलाई भुक्तानी करकट्टी र इटिडियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 12/03/2023 - 12:48
, , ,

Pages