समाचार
मिति २०८१ साल भदौ २९ गते "बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी" भन्ने मुल नाराको साथ ६० औ राष्ट्रिय बाल दिवस-२०८१ सम्पन्न
आज मिति २०८१ साल भदौ २९ गते "बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी" भन्ने मुल नाराको साथ ६० औ राष्ट्रिय बाल दिवस-२०८१ को अवसरमा आयोजित आधारभुत तह कक्षा (६-८) स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।उक्त प्रतियोगिता गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाको अध्यक्षता, प्रमुख अतिथि गा.पा अध्यक्ष श्री दिपा वोहोरा दाहाल, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी लगायत सु.गा.पा अन्तरगर्तका शिक्षकहरुको उपस्थितिका साथै HANDS Nepal र JSDP को साझेदारीमा सम्पन्न भएको छ ।
यसैगरि बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने श्री आ.वि. खानीगाउँ, दृतिय स्थान हासिल गर्ने श्री प्रगतिशील मा.वि. वोहोरेटार, तृतीय स्थान हासिल गर्ने श्री ज्वालादेवि मा.वि. नेपालथोक र सान्त्वना स्थान हासिल गर्ने आ.वि. खानीगाउ रहेको छ । पुरस्तृत हुने विद्यालयका बिद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई तथा सुभकामनाका साथै उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद ।