समाचार
सुनकोशी गाउँपालिकाद्वारा "लैंगिक हिँसा विरुद्ध १६ दिने अभियान" कार्यक्रमको आयोजना
सुनकोशी गाउँपालिकाद्वारा "लैंगिक हिँसा विरुद्ध १६ दिने अभियान" कार्यक्रमको आयोजना गरिएको छ " लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता :व्यक्ति समाज र एक्यबद्धता" भन्ने मूल नाराका साथ सुनकोशी गाउँपालिकाको आयोजना र सामुदायिक बिकास कार्यक्रम सिन्धुली ,जनजाती समाज बिकास कार्यक्रम सिन्धुली को आर्थिक सहयोगमा लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान आज मिति २०७७ साल मंसिर १० गते सुरु गरिएको छ |
लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ र लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास,धम्कि दिनु,पारिश्रम नदिनु वा कम दिनु,अश्लील शव्द बोन्नु,अश्लील फोटो देखाउनु आदि हिँसा जन्य क्रियाकलाप हरु न्यूनीकरण गर्नु नै यस कार्यक्रमको उद्देस्य रहने छ |