समाचार
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धी अभिमुखिकरण तथा दर्ता प्रणालीको ३ दिने प्रशिक्षण कार्यक्रम !!
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धी अभिमुखिकरण तथा दर्ता प्रणालीको ३ दिने प्रशिक्षण कार्यक्रम अन्तर्गत पहिलो खण्डको अभिमुखिकरणको कार्यक्रम सुनकोशी गाउँपालिकाका प्रमुख दिपा बोहोरा दाहालज्यूको अध्यक्षतामा वसि आदरणीय उपाध्यक्ष दिर्बु सिं मुक्तान, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, सामाजिक विकास शाखा प्रमुख कपिल अधिकारी, पन्जीकरण शाखा प्रमुख काशिनाथ नेपाल , MIS Operator श्याम कुमार घलान,MIS field Assistant प्रदिप माझी र नारायण राना मगरको साथै वडा अध्यक्ष तथा वडा सचिवको विशेष उपस्थितिमा मिति २०७७/०६/०५ मा सम्पन्न भई दोश्रो र तेस्रो दिन वडा सचीव तथा कम्प्युटर अपरेटर को उपस्थितिमा कार्यक्रममा आयोजनाको
:परिचय तथा उद्देश्य
:नीतिगत विषय
:सेवा इकाइको परिचय
: दर्ता शिविर
:डिजिटाइजेसन
: गुनासो सुनुवाई
:बैङ्कमा लाभग्राहीको खाता खोल्ने प्रकृया
:सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा जम्मा गर्ने विधि
:प्रतिवेदन तयार पार्ने समय
:बैङ्किङ्ग प्रणाली र VERSP-MIS प्रणालीविच हिसाब मिलानको ब्यवस्था
:भत्ता वितरणको समया आउने समस्याहरू
लगायतको विषयमा छलफल भई आज मिति २०७७/०६/०७ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने ज्यू ले कार्यक्रम समापन गर्नुभयो।