FAQs Complain Problems

सूचना !सूचना !!सूचना !!!

बिश्वव्यापी महामारीको रुपमा नया भेरिएन्ट सहितको दोश्रो लहरको कोभिड १९ को संक्रमण फैलिरहेको देखिन्छ |यस सुनकोशी गा.पा क्षेत्रमा २०७८/०१/१५ देखि २०७८/०२/०५ सम्म ३९९ जनाको स्वाब संकलन गरि PCR परिक्षण गराउँदा २०७८/०२/०९ सम्म १०६ जनामा कोभिड पोजिटिभ देखिएको जस मध्य २७ जना निको भएका र २०७८/०२/०७ र २०७७/०२/०८ गते पुन:थप ९६ जनाको स्वाब संकलन गरि PCR परिक्षण गर्नका लागि स्वास्थ्य संस्थामा पठाइएको छ | यो संक्रमित को संख्या बढ्ने सम्भाबना रहेकोले सुनकोशी गाउँपालिका क्षेत्रका जनसमुदायको जनस्वास्थ्यलाई मध्यनजर गरि गाउँपालिका अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्युबाट निर्देशन भए बमोजिम नया भेरिएन्ट सहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले तोकेको तपशिलका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु पछी गाउँकार्यपालिकाको बैठकबाट अनुमोदन गर्ने गरि बिपी राजमार्ग बाहेक गाउँपालिका क्षेत्र भित्र पुन: तेश्रो पटक २०७८/०२/०९ गते राति १२ :०० बजे देखि २०७८/०२/१९ गते राति १२:०० बजे सम्म सेवा प्रवाह पुन: बन्द गरिएकोले सम्बन्धित सरोकारवाला पक्षहरु सबैको जानकारीको लागि यसै सूचना मार्फत सुनकोशी गाउँपालिका हार्दिक अपिल गर्दछ|

आर्थिक वर्ष: