FAQs Complain Problems

सुनकोशी गाउँपालिका सिन्धुली -युवा उद्यमशीलता प्रवर्द्धन गर्दै

गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल भन्नु हुन्छ “यस योजनाको मुख्य उद्दस्य सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संसोधन समेत ) कार्यान्वयनमा सहजीकरण गराउदै र युवा उद्यमशीलता प्रवर्द्धन गर्दै युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर गराउनु हो |”

नेपाल सरकार स्थानीय तह (सुनकोशी गाउँपालिका रामटार सिन्धुली ) र रास्ट्रिय बाणिज्य बैंक लि. बीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य गर्नको लागि आज मिति २०७७/०८/०४ गते सुनकोशी गाउँपालिकाको तर्फ बाट अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यू ,उपाध्यक्ष दिर्वुसिं मुक्तान र रास्ट्रिय बाणिज्य बैंक लि. को तर्फ बाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नायक कार्यकारी अधिकृत कविराज अधिकारी बीच सुनकोशी गाउँपालिकाका यूवा हरुलाई लक्षित गरि नेपाल भित्रै व्यवसाय गर्न प्रोत्साहन गर्न बिना धितो सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य गर्न सम्झौतामा हस्ताक्षर गरिएको छ | बिना धितो महिला हरुको लागि १.७४% व्याजदर र पुरुषहरुको लागि २.७४ % ब्याजदर मा ऋण प्रवाह गरिनेछ |

साे अवसरमा बाग्मती प्रेदश सभा सदस्य लेखनाथ (राजन) दाहालकाे समेत उपस्थिति रहेकाे थियाे ।

द्विपक्षीय समझदारीको उद्देश्य

(क) नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संसोधन समेत ) कार्यान्वयनमा सहयोग पुर्‍याउने,  

(ख) सहुलियतपूर्ण कर्जा लिनका लागि क्षमता विकास गरी सक्षम बनाउने¸

(ग) उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई  उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने¸

(घ) उद्यमशीलता र स्वरोजगारको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउने¸

(ङ) युवालक्षित कार्यक्रमहरूको कार्यान्वयनमा साझा उद्देश्य प्राप्तिका लागि सरकारी निकाय तथा वित्तीय संस्थाहरू बीचको समन्वय र सहकार्यको वातावरण तयार गर्ने ।

(च) वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पूँजि समेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने वाध्यताबाट रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पूँजिको स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुर्‍याउने ।

(छ) वित्तीय पहुँच एवम् वित्तीय समावेशीतामा अभिवृद्धि गर्ने ।

    (2) अपेक्षित उपलब्धि

(क) नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (

संशोधन समेत )बमोजिम लक्षित वर्गमा कर्जा प्रवाह भई उक्त कार्यविधिको प्रभावकारी कार्यान्वयन भएको हुने, 

(ख) सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत )  बमोजिम उद्यमशीलता र वित्तीय साक्षरता तालिम लिएका व्यक्ति  तथा अन्य युवाले सहजरूपमा उद्यमका लागि कर्जा प्राप्त गरेको हुने¸ 

(ग) तालिम प्राप्त र लगानीको सुनिश्चितता भएका व्यक्ति  आफू पनि उत्प्रेरित हुने र युवा वर्गमा उद्यमशीलताका माध्यमबाट रोजगारी तथा स्वरोजगारीको अवसर उपलब्ध हुने,

(घ) युवा उद्यमशीलता र स्वरोजगारका लागि स्थानीय तह  र  वित्तीय संस्थाबीचको समन्वय र सहकार्य मजबुत भएको हुने¸

(ङ) युवाहरूमा उद्यमशीलता विकासको माध्यमबाट आत्मनिर्भर र सबल अर्थतन्त्रको विकासमा सकारात्मक टेवा पुगेको हुने, 

 

आर्थिक वर्ष: