FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली बैंक मार्फत

आज मिति २०७७ साल कार्तिक १८ गतेका दिन सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्रिढीकरण आयोजना संचालन निर्देशिका २०७४ दोश्रो संसोधन २०७६ बमोजिम सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली बैंक मार्फत गराउने बिषयमा गा.पा अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यु को अध्यक्षतामा बैंक प्रबन्धक ज्यु हरु तथा वडा सचिब हरुको उपस्थितिमा बैठक बसी तपशिल बमोजिमको निर्णय भयो |

निर्णय नं १

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्रिढीकरण आयोजना संचालन निर्देशिका २०७४ दोश्रो संशोधन २०७६ को परिच्छेद ७ को दफा ७.१ बमोजिम यस सुनकोशी गा.पा को ७ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थित गर्न बिधुतिय माध्यम बाट भत्ता भुक्तानी गर्ने व्यबस्था को लागि गाउँ कार्यपालिकाको मिति २०७७/०५/२२ बैठक बाट निर्णय समेत भई दोश्रो चौमासिक बाट कार्यन्वयनमा ल्याउने |सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य प्रत्यक लाभग्राही को १३ अंकको व्यक्तिगत परिचय पत्र नं सहितको लाभग्राही हरुको विवरण एक्सल सफ्टकपि उपलब्ध गराउने र उक्त उपलब्ध बिबरणको आधारमा पौषको १५ गते भित्र खाता खोलि सा.सु भत्ता वितरण व्यबस्था मिलाउने निर्णय गरियो |

निर्णय नं २

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्रिढीकरण आयोजना संचालन निर्देशिका २०७४ दोश्रो संशोधन २०७६ अनुसूची ९ नियम ७.१ ग बमोजिम सुनकोशी गा.पा कार्यलयले तपशिल का बैंक हरु संग तपशिल का वडा वितरण प्रणालीको लागि सम्झौता गर्ने निर्णय भयो |

तपशिल :

श्री रा.बा बैंक रातामाटा शाखा -वडा नं १,२,३,४,५

श्री मेघा बैंक खुर्कोट शाखा -वडा नं ६ र ७

आर्थिक वर्ष: