FAQs Complain Problems

सम्पूर्णमा जानकारी!

आज मिति २०७७/०५/२३ गतेका दिन सुनकोशी गाउँपालिका उचस्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको संयोजकत्वमा  बैठक सन्चालन भैई 
१:  बन्दाबन्दी एवं निषेधाज्ञा खुकुलो पार्ने मापदण्ड निर्माण लगायत २:बिविध सम्बन्धको  प्रस्ताब एवं कार्यसुची अन्तर्गत तपशिल बमोजिमका निर्णयहरु गरियो ।

निर्णयहरु :
१.प्रस्ताव नं १ सम्बन्धमा मिति २०७७/०५/२३ गते राती १२:०० बजेपछी निषेधाज्ञा खुकुलो बनाउन तपशिल क्षेत्रमा तपशिल संहिता
अनुसार मात्र गर्न गराउन निर्णय भयो ।
तपशिल १: होटेल/व्यवसाय 
क: सुनकोशी गा।पा विपद व्यवस्थापन समिति द्वारा जारी भएको आचार सम्हिता पुर्ण कार्यन्वयन गरिनु पर्ने छ ।
ख:ग्राहकलाई प्याकिङ खाना उपलब्ध गराउने।
ग: सेवा प्रादायकले अनिवार्य माक्स ,ग्लोभ्स लगाई व्यवसाय स्थलमा  हात धुने व्यवस्था त सेनिटाईजर व्यवस्था गर्ने।
घ:होटल पसल मेडिकल,भेटेरिनरी लगायत सबै व्यवसायिहरुले ग्राहकहरुलाई भित्र प्रबेश नगराई बाहिरबाटै सेवा दिने ।
ङ: नगत कारोबार गर्दा प्रयोगमा आयका मुद्रालाई सेनेटाइज गरेर मात्र प्रयोगमा ल्याउने ।
च: हरेक होटलमा आउने ग्राहकको लगत विवरण राख्ने 
तपशिल २ : शिक्षा तथा अन्य 
क: बैकल्पिक शिक्षालाई निरन्तरता दिईनु पर्ने र स्थानीय शिक्षकले टोलटोलमा गई शिक्षा दिईने  
ख:गाउँ घरमा बहिरबाट प्रबेश भएका व्यक्तीहरुको कन्ट्र्याक्ट ट्रेसिङ मा सूचना दिई सघाउने ।
ग: सूचना / प्रचार प्रसारलाई पालना गरि स्वास्थ्य मापदण्ड र सुरक्षाको लागि लागिपरी कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउन सबै समक्ष अनुरोध गरि मिति २०७७/०५/२३ राती १२:०० बजे पश्चात् अर्को व्यवस्था नभए सम्मका लागि तोकिएको आचार संहिताको परिधिमा रहि गाउँपालिका भित्रको जनजिवन लाई खुकुलो बनाईएको सर्वसम्मत निर्णय भयो साथै नियम तोडि हुने वा भएका कुनै पनि गतिबिधी माथी निगरानी  राखी कोभिड १९ अन्तर्गतको कार्वाही गरिने समेत निर्णय भयो।

आर्थिक वर्ष: