FAQs Complain Problems

सम्पूर्णमा जानकारी |

 

आज मिति २०७७ श्रावण ३० गते शुक्रबारका दिन यस सुनकोशी गाउँपालिकाको अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यू को अध्यक्षतामा सुनकोशी गाउँपालिका स्तरीय सर्वदलीय सर्वपक्षिय बैठक बसी कोरोना महामारी व्यबस्थापन ,नियन्त्रण र रोकथाम सम्बन्धि छलफल गरि तपशिल बमोजिमका निर्णयहरु गरियो |

निर्णय नं १:

बिश्वब्यापी कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा सुनकोशी गाउँपालिका क्षेत्रमा देखिएको उच्च संबेदनशिलता र जोखिम नियन्त्रण र व्यवस्थापन गर्न सुनकोशी गाउँपालिका क्षेत्रभरमा लागु हुने गरि मिति २०७७ साल श्रावण ३०गते राति १२ बजे देखि २०७७ साल भाद्र १३ गते राति १२ बजे सम्म अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण क्षेत्रहरुमा लकडाउन गर्ने गाउँ कार्यपालिकाको  निर्णयलाई कार्यन्वयनको लागि आवश्यक सहयोग गर्ने निर्णय गरियो |

निर्णय नं २ :

निर्णय नम १ को लकडाउन तथा कोरोना महामारी व्यबस्थापन सम्बन्धि प्रचार प्रासार सम्बन्धि तपशिल बमोजिम जिम्मेवारी बाँडिएको निर्णय गरियो |

*FM/रेडियो मार्फात प्रचार प्रसार :- सुनकोशी गा.पा स्वास्थ्य शाखा

*माइकिंग मार्फत प्रचार प्रसार :१ उद्योग बाणिज्य संघ

                         २. होटेल व्यबसायी संघ

                         ३.प्रहरी चौकीहरु

                         ४.ने.रे.सो सबै उपशाखाहरु

निर्णय नं ३ :

सुनकोशी गाउँपालिका क्षेत्रमा संचालित पेट्रोल पम्पहरुमा उच्च सतर्कता अपनाउनका लागि कडाई गर्ने निर्णय गरियो साथै  मास्क,सेनिटाईजर लगायतका सतर्कताको परिपालाना गराउन स्थानीय प्रहरी चौकी हरुले कडाई गर्ने निर्णय गरियो |

निर्णय नं ४ :

लकडाउन कार्यान्वयन र कोरोना महामारी व्य्बस्थापानका लागि गा.पा का सात वटै वडा लगायतका टोलहरुमा सतर्कता अपनाउन र जनतालाई सुसुचित गराउन सबै राजनीतिक दल हरुले जिम्मेवारी बहन गर्ने निर्णय गरियो साथै उपलब्ध भएका सबै बैकल्पिक माध्यम मार्फत बिद्यालयहरुका शैक्षिक गतिबिधिहरु संचलान गर्ने निर्णय गरियो |

निर्णय नं ५ :

सुनकोशी गा.पा क्षेत्र बाहिर स्थायी बसोबास भएका शिक्षकहरुको सम्बन्धमा आफु कार्यरत बिद्यालयले संचलान गरेको बैकल्पिक बिधि मार्फत शैक्षिक गतिबिधि संचलान पश्चात बिदाको समयमा पनि सुनकोशी गाउँपालिका क्षेत्र छोडी घर आवत जावत बन्द गरि आफ्नो अस्थायी ठेगानामा मै सुरक्षित रुपमा बस्नु पर्ने निर्णय गरियो |

निर्णय नं ६ :

तराई ,काठमान्डौ ,बनेपा लगायतका उच्च संक्रमित क्षेत्रबाट यस गा.पा क्षेत्रमा आउने तरकारी जन्य उपभोग्य आयातमा रोक लगाउने निर्णय गरियो साथै सो को कार्यन्वयनका लागि जिल्ला प्रशासन कार्यालय र  जिल्ला प्रहरी कार्यालय  सिन्धुलीमा अपिल गर्ने निर्णय गरियो |

 

 

आर्थिक वर्ष: