FAQs Complain Problems

विज्ञप्ति !!!

विज्ञप्ति !

सुनकोशी गाउँपालिकाबाट आ.ब. २०७७/७८  को लागी सुनकोशी गाउँपालिका अन्तर्गत पर्ने सुनकोशी नदी आसपासको
क्षेत्रबाट ढुंगा, गिट्टी तथा वालुवा उत्खनन्‌ , संकलन तथा निकासी कर सम्बन्धि आन्तरिक आय संकलन गर्ने कार्य सम्बन्धमा
सामाजिक संजालका साथै बिभिन्न राजनीतिक दलका बिज्ञप्ति मार्फत भएका टिका टिप्पणीको सन्दर्भमा गाउँपालिकाको ध्यानाकर्षण
भएको छ | सो सन्दर्भमा देहाय बमोजिम कार्य भए गरेको व्यहोरा सबैमा जानकारीको लागी अनुरोध छ ।

० आ.व. २०७५/७६ मा सुनकोशी नदीको नदिजन्य पदार्थको निकासी कर संकलनका लागी गाउँपालिकाको कार्यालयबाट
सुनकोशी नदी अन्तर्गत पर्ने निकासी करको लागी न्यूनतम रु. २,७५,००,०००/-(मु.अ.कर. सहित) र घ्याम्पे खोला
अन्तर्गत पर्ने निकासी करको लागी न्यूनतम रु. १,२५,००,०००/-(मु.अ.कर. सहित) ठेक्का बन्दोबस्त भए आनुसार क्रमस
श्री तिनपिप्ले निर्माण सेवा सँग रु. ६,१६,६८,०००/- (मु.अ.कर. बाहेक ) र श्री राजेन्द्र जोशी सप्लायर्स सँग
रु.१,६१,००,०००- (मु.अ.कर, बाहेक ) मा सम्झौता भएकोमा बिभिन्न कारणले देखाई ठेकेदार श्री तिनपिप्ले निर्माण :
सेवाले उच्च अदालत, पाटनमा उजुरी दिएकोमा सो अदालतले सुनकोशी गाउँपालिकाको पक्षमा फैसला गरेको तर पुन श्री
तिनपिप्ले निर्माण सेवा र राजेन्द्र जोशी सप्लायार्सले जिल्ला अदालत, सिन्धुलीमा सुनकोशी गाउँपालिका बिरुद्ध उजुरी दिएर
सम्झौता अनुसारको बैंक जमानत बापतको रकम मुद्धा विचाराधीन रहेको हुँदा बुझाउन ढिलाई गरेको अवस्था छ 1 प्राप्त ,
भएको रकम मध्य ४०% रकम नियमानुसारः बागमती प्रदेश सरकारलाई बाडफाँड गरिएको र बाकि रकमबाट कार्यक्रम
संचालन गर्दा रकम नपुग भई गाउँपालिकाले निर्धारण गरेको योजना समेत प्रभावित भएको छ |

० आ. ब. ०७६/७७ मा निकासी कर ठेक्का लगाउने सन्दर्भमा २०७७ असार अगाबै प्रारम्भिक वाताबरणिय परिक्षण (एए)
को म्याद सकिने भएकोले पहिले [एए प्रक्रिया अगाडी बढाइएकोमा घ्याम्पे खोलाको ।ए: प्रतिबेदन आउन बाकी रहेको र
मिति २०७६/०९/२९ मा जिल्ला समन्वय समितिबाट सुनकोशी नदीको मात्र गए; स्वीकृत भएको थियो । मिति
२०७६/११/१४ गते सुनकोशी नदीको निकासी ठेक्का न्यूनतम रु. ७२,५०,०००/- (मु.अ.कर, सहित ) लगाउँदा कुनै
पनि फर्मले ठेक्का फारम खरिद समेत नगरेकोले स्वत ठेक्का रद्ध भएको थियो |

० बिधवब्यापी कोरोना महामारीको प्रभाबका साथै गत आ.ब. हरुका परिस्थितिहरुलाई मध्य नजर गरि गाउँपालिकाबाट ठेक्काको
बन्दोबस्त गर्नुपर्ने प्राबधान बमोजिम आ. ब. २०७७/७८ का लागी सुनकोशी गाउँपालिका राजस्व परामर्श समितिले
गाउँपालिकामा सिफारिस गरेको र गाउँसभाले रु.१,००,००,०००/- राजस्व प्रक्षेपण गरेको र यस गाउँपालिकाको
कार्यालयले २०७७ भाद्र देखि २०७८ असार मसान्त सम्मको लागी रु.१,२०,००,०००/- (मु.अ.कर, सहित) न्युनतम
कबोल अंकहुने गरि मिति २०७७/०३/३१ मा सुनकोशी नदी आसपासको ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्‌ , संकलन
तथा निकासी कर सम्बन्धि अन्तरिक आय संकलन गर्न सूचना प्रकाशित गरि दर्ता भएका बोलपत्र मध्यबाट सुनकोशी
गाउँपालिकाको मुल्यांकन समितिको मिति २०७७/०४/३२ को बैठक अनुसार श्री गतिशील निर्माण सेवा प्रा. लि., हेटौंडा-
०६, मकवानपुर (प्रो. सुसान चौलागाई) ले पेस गरेको कबोल अंक रु.१,२०,५०,३२०/-(मु.अ.कर, सहित) पेस हुन
अएको अन्य फर्महरु भन्दा सबैभन्दा अधिकतम रहेकोले उक्त प्रस्ताब सारभूत रुपमा प्रभावग्राही रहेको हुँदा मिति
२०७७/०५/०१ मा आशयको सूचना प्रकाशन भए अनुसार बोलपत्रको आशयको म्याद भित्र कुनै पनि पक्षबाट यस
कार्यालयमा उजुरी/निवेदन प्राप्त नभएको हुनाले मिति २०७७/०५/१० गते ठेक्का सम्झौता भएको छ !

० सो ठेक्का प्रक्रिया प्रचलित नियम तथा कानून बमोजिम रहेको र गाउँपालिकाबाट सम्पादन हुने सम्पूर्ण सेवा प्रचलित कानुन
बमोजिम रहेको साथै अन्य बाहिरी गतिबिधि सँग गाउँपालिकाको कुनै पनि सम्बन्ध नरहेको र निहित राजनितीक उद्देश्यबाट
प्रेरित कुनैपनि भ्रममा नपर्न आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदी बहिनिहरुमा जानकारीका लागी यो बिज्ञप्ति प्रकाशित
गरिएको छ। 

आर्थिक वर्ष: