FAQs Complain Problems

बिज्ञप्ति !!

 

प्रेस विज्ञप्ति ।

मिति २०७७/०५/१४ गते यस गाउँपालिकाको बडा नं. ७ स्थित श्री गणेश मा.वि. मझुवाका प्रधानाध्यापक श्री नेत्र

वहादुर सुनुवार र शिक्षक श्री चित्र वहादुर भण्डारीमाथि आफ्नो कार्यकक्षमै भएको कुटपिट तथा अभद्र ब्यवहार प्रति

सुनकोशी गाउँपालिको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले सुनकोशी गाउँपालिका तथा समग्र शिक्षा

क्षेत्रको गरिमा माथि आघात पुगेको छ । घटनासँग सम्बन्धित सबै पक्षले आफ्ना असन्तुष्टी/माग र्‌ सरोकारका विषयहरु
कानुनी प्रकृयाको अबलम्वन गरी समाधान गर्ने विकल्प हुँदा हुँदै यस्ता कृयाकलाहरु अपनाउनु आफैंमा निन्दनीय छ ।

घटनाको यथार्थ छानवीन गरी दोषी पक्षमाथि कानुनी कारवाही गर्न गराउन सुनकोशी गाउँपालिका सधैं तत्पर रहेको छ
। आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रत्याभूति गराउँदछौं । साथै, सवै विद्यालय तथा शिक्षक बर्गमा हतोत्साही नभई
आफ्ना शैक्षिक गतिविधिहरुलाई निरन्तरता दिनुहुन सुनकोशी गाउँपालिका हार्दिक अनुरोध गर्दछ,।

आर्थिक वर्ष: