FAQs Complain Problems

तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता बिहीवार (आज) देखि सुरु भएको छ ।

 

तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता बिहीवार (आज) देखि सुरु भएको छ ।

आजबाट भएको तेश्रो अध्यक्ष कपमा गाउँपालिका भित्रका ७ वटै वडाले सहभागिता जनाएका छन्। सबै वडाका खेलाडीले तेश्रो अध्यक्ष कपमा सहभागिता जनाएका छन्। 

गाउँपालिकामै खेलको शुरुवात गरेमा त्याहाँबाट छनौट भएको खेलाडीले जिल्लामा मात्रै नभएर प्रदेश तथा राष्ट्रिय स्तरमा समेत प्रतिस्प्रधा गर्न सक्ने आशा राखेकाले पनि गाउँपालिकाले अध्यक्ष कपको आयोजना गरेको छ । 

अध्यक्ष कपमा महिला तथा पुरुष भलिबल, फुटबल हुने छन् | प्रोत्साहान स्वरुप पुरुष फुटबल प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार, शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । तेस्रो हुने समुहले ५० हजार नगद पुरस्कार, शिल्ड,मेडल र प्रमाण –पत्र प्राप्त गर्नेछ ।

पुरुष भलिबल तर्फको विजेताले ६३ हजार नगद पुरस्कार, शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उपविजताले नगद ५० हजार, शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । तेस्रो हुने समुहले नगद ३८ हजार पुरस्कार,शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । महिला भलिबल तर्फ विजेताले २० हजार नगद पुरस्कारसँगै शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।

उपविजेताले १५ हजार, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने तेस्रो हुने समुहले नगद १० हजार शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।

 

 

आर्थिक वर्ष: