FAQs Complain Problems

जग्गा दान दिन चाहने इच्छुक महानुभावहरुबाट निवेदन आव्हान गरिएको सूचना ।

उपर्युक्त सम्बन्धमा सुनकोशी गा.पा. वडा नं. ३ स्थित झा.रा. स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्न आवश्यक पर्ने ७ रोपनी २ आना जग्गा एउटै जग्गाधनीले प्रदान गरेमा जग्गाधनीको पूरा नामबाट अस्पतालको नामाकरण गरिने तथा २ वा सो भन्दा बढी जग्गाधनीले अस्पतालको लागि आवश्यक पर्ने एकै स्थानको जग्गा उपलब्ध गराएमा सबैको सुरुको नाम राखी अस्पतालको नामाकरण गरिने शर्तमा झा.रा. स्वास्थ्य चौकीको आसपास वि.पि. हाइवे नजिकका जग्गादाताहरुले उल्लेखित जग्गादान दिन इच्छुक भएमा निवेदन पेश गर्न सूचना प्रकाशन गर्ने भनी मिति २०७९/०४/१८ गते बसेको गाउ“ कार्यपालिकाको बैठकबाट निर्णय भएकोले जग्गा दान दिन इच्छुक महानुभावहरुले सो सूचना प्रकाशन भएको मितिले १ (एक) महिना भित्र दान दिन चाहेको जग्गाको नक्सा, जग्गाधनी दर्ता प्रमाण पूर्जा र मन्जुरी सहितको निवेदन गाउ“ कार्यपालिकाको कार्यालय रामटार, सिन्धुलीमा पेश गर्न हुन निर्णयानुसार अनुरोध छ ।

आर्थिक वर्ष: