FAQs Complain Problems

आवधिक योजना र मध्यमकालीन खर्च संरचना तयारी सम्बन्धमापालिकाको एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न |

 

आज मिति २०७७/१२/०९ गते यस सुनकोशी गाउँपालिकाको आवधिक योजना र मध्यमकालीन खर्च संरचना तयारी सम्बन्धमापालिकाको निर्देशक समिति र विषयगत समितिका पदाधिकारी तथा परामर्शदाताहरूको लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम र संझौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ | यस कार्यक्रममा निर्देशक समिति र विषयगत समितिका पदाधिकारी तथा परामर्शदाताको उपस्थिति रहेको थियो साथै अभिमुखीकरणको लागि प्रदेश नीति तथा योजना आयोगका मा. सदस्य पुरुषोत्तम अर्यालको नेतृत्वमा प्रदेश नीति तथा योजना आयोग र प्रदेश सुशासन केन्द्रको प्रतिनिधिहरूको सहभागिता रहेको थियो | स्थानीय तहको आ.व. २०७८/७९ देखि ८३/८४ सम्मको लागि पाँच वर्षीय आवधिक योजना र आगामी आ.व.को लागि मध्यमकालीन खर्च संरचना तर्जुमा सम्बन्धि साथै स्थानीय तहको आवधिक योजनामा संघ र प्रदेशको निम्न योजनाहरूलाई आन्तरिकीकरण गर्ने सम्बन्धि र मुख्यगरी स्थानीय आवश्यकता, विशेषता, सम्भाव्यता र कार्यान्वयन क्षमतालाई ध्यानमा राखी आवधिक योजना र मध्यमकालीन खर्च संरचना तर्जुमा गरि प्रकृया यथाशिघ्र शुरू गरी २०७७ चैत्र मसान्तभित्र सम्पन्न गर्ने बिषयक अभिमुखीकरण सम्पन्न भयो | यसै सन्दर्भमा रास्ट्रिय योजना आयोगको नेतृत्वमा सम्बन्धित बिषयगत मन्त्रालय तथा बिकास साझेदारको सहयोगमा बहुक्षत्रीय पोषण योजना ,२०६९-२०७३ को निरन्तरता स्वरुप आगामी ५ बर्षको लागि सम्बन्धितसात वटा बिषयगत मन्त्रालय ,विकास साझेदार तथा सरोकारवालाहरुसंगको संलगनतामा योजना दोश्रो (२०७५/७६-२०७९/८० तर्जुमा सम्बन्धि अभिमुखीकरण सम्पन्न भयो |

 

आर्थिक वर्ष: