FAQs Complain Problems

सुचना ! सुचना !!सुचना !!! काममा सहभागी बनौ राहात होइन पारिश्रमिक (जिन्सी) लिऔँ |

 

काममा सहभागी वनौ राहात होइन पारिश्रमिक (जिन्सी ) लिऔ ।

 यस कोभिड १९ को विषम परिस्थीतिमा यस सुनकोशी गाउँपालिका भित्र बसोवास गर्ने अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी काम गरी खाने नागरिक तथा अति विपन्न परिवारहरुको लागी नेपाल सरकारको निर्णयबाट भएको लकडाउनबाट दैनिक गुजारा चलाउन समस्या आएको हुदा , समाजिक दुरी कायम गरी सुरक्षित तवरवाट एक घर एक रोजगारीको माध्यमवाट नागरिकहरुलाई गाउँपालिकाको प्रचालित ज्याला दररेट बमोजिम अनुसार एक अदक्ष कामदारले प्राप्त गर्ने न्यूनतम ३ दिन वरावरको पारिश्रमिक कायम गरि सो बराबर हुन आउने राहात सामाग्री (जिन्सी) वितरण गरिने मिति २०७७/०१/२७ गतेको गाउँ कार्यपालिकाको निर्णय भएको हुदा ईच्छुक ब्यत्तिहरुले नजिकैको वडा कार्यालयमा तुरुन्तै निबेदन पेस गर्नुहुन जानकारी गरिएको छ |

केही सर्तहरु :

   

 १. लाभग्राहीहरुको परिवारको सदस्यमा नेपाल सरकार तथा अन्तराष्ट्रिय सरकारी सेवाको करार वा स्थायी प्रकृतिको रोजगार र पेनसनरत हुनु नहुने ।

 २. समामाजिक सुरक्षा प्राप्त गर्ने ब्यत्ति लाभग्राही नहुने ।

 ३. सामाजिक रुपमा प्रतिष्ठित तथा आर्थिक रुपमा सम्पन्न व्यक्तिहरु समेत अयोग्य रहने |

 ४. असक्त तथा वयोबृद्ध नागरिकको हकमा भने बिशेष व्यबस्था गरिनेछा |

आर्थिक वर्ष: