FAQs Complain Problems

स्थानीय तह कोभिड–१९ CRISIS MANAGEMENT CENTER संरचनाको मिति २०७८/०१/२० को निर्णय

आज मिति २०७८ साल बैशाख २० गतेका दिन दिनको ११:०० बजे यस सुनकोशी गाउँपालिकाका अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यु को अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी तपशिल बमोजिमको निर्णय गरियो |

निर्णय नं. १

नयाँ भेरिएण्ट सहितको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले गर्नका लागि गठित स्थानिय तह कोभिड–१९ CRISIS MANAGEMENT CENTER संरचनाको मिति २०७८/०१/२० गते गाउँपालिकाका अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यूको अध्यक्षतामा बसेको समितिको बैठकले निर्णय पारीत गरी गाउँकार्यपालिकामा अनुमोदनका लागि निर्णयार्थ पेश हुन आएको तपशिल बमोजिमको निर्णयहरु अनुमोदन गरी तत्काल कार्यान्वयन गर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा गराउने निर्णय गरियो ।

तपसिल

निर्णय नं. १

DCCMC सिन्धुलीको मिति २०७८/०१/१९ को निर्णयानुसार सुनकोशी गाउँपालिका वडा नं. ५, मुलकोटमा एकै दिन १२ जनामा कोभिड–१९ को PCR गर्दा POSITIVE रिपोर्ट देखिएकोले यस सुनकोशी गाउँपालिकामा संचालित राष्ट्रिय परिचयपत्रको अभियान स्थगत गर्न सिफारिस भएनुसार उक्त कार्य आजकै मितिबाट स्थगन गर्न सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं. २

यस सुनकोशी गाउँपालिका वडा नं. ५ स्थित मूलकोटमा २ दिनमा १३ (तेह्र) जनामा कोभिड–१९ पोजेटिभ देखिएको र यो संक्रमणको अवस्था अन्य वडामा समेत फैलने सम्भावना भएकोले त्यसलाई मध्यनजर गरी नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नगर्ने गरी मिति २०७८/०१/२० गते राति १२ः०० बजे देखि लागू हुने गरी २०७८/०१/३० गते राति १२ः०० बजे सम्म वि.पी. राजमार्ग बाहेक सुनकोशी गाउँपालिका क्षेत्र बन्दाबन्दी गर्न सिफारीस गरियो । बन्दाबन्दीको समयमा निम्न कार्यहरु जनस्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरी संचालन गर्ने ।

क) खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र बेलुका ४ः०० बजेदेखि ६ः०० बजेसम्म संचालन गर्ने ।

ख) सुनकोशी गाउँपालिका क्षेत्र भित्रका अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरु बाहेक होटल, रेष्टुरेण्ट, लज, सहकारी, उद्योग–कलकारखाना तथा निजी संस्था एवं विद्यालयहरु लगायतका संघसंस्थाहरु बन्द रहने ।

निर्णय नं. ३ ः

कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन र बन्दाबान्दीको सम्बन्धमा आवश्यक जानकारीका लागि रातमाटा र नेपालथोक प्रहरी चौकी, रेडक्रस सोसाइटीका उपशाखाहरु, स्वास्थ्य शाखा, उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघले संयुक्त रुपमा संचालन गर्ने ।

निर्णय नं. ४

कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको CONYRACT TRFACING को कार्य सम्बन्धित वडाका वडाध्यक्षज्यूको समन्वयमा तत्काल अगाडी बढाउने ।

निर्णय नं. ५ ः

DCCMCV सिन्धुलीको मिति २०७८/०१/१७ को निर्णायानुसार श्री दीर्घ प्रदीप मा.वि. खाल्टेमा कार्यरत विद्यालय नर्श श्री प्रनिता लामिछानेलाई सिन्धुली जिल्ला अस्पतालमा काजमा खटाउने निर्णय गरियो ।

आर्थिक वर्ष: