FAQs Complain Problems

प्रेस विज्ञप्ति

उपरोक्त सम्वन्धमा यस सुनकोशी गाउँपालिकाद्धारा कोभिड १९ को लक डाउनको अवस्थामा यस गाउँपालिका क्षेत्र भित्रको गैर सगठानिक क्षेत्रमा कार्य गर्ने मजदुर तथा विपन्न नागरिकहरुलाइ ३ दिनको न्यूनतम रोजगारीको ब्यवस्था गरी ३ दिनको हुन आउने गाउँपालिकाको न्युनतम अदक्ष कामदारले प्राप्त गर्ने ज्याला वरावरको रकम रु २४००। मुल्य वरावरको खाध्य सामाग्री खरिद गरि वितरण गर्ने निर्णय भएको हो । जसमा यसै गाउँपालिकाको केही स्थानिय ब्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत खरिद गरिएको खाद्य सामाग्रीको मुल्य बजार मुल्य भन्दा फरक रहेको भनि आरोप लगाएको हुदा सो सम्वन्धमा केही मानिसहरुवाट टिका टिप्पणी समेत भएकोले उक्त कार्य प्रति सुनकोशी गाउँपालिकाको ध्यान आकर्षण भई नागरिकमा भएको भ्रमलाई स्पष्ट पार्ने कार्य गरेको छौँ । खरिद विधि र प्रक्रिया कोभिड १९ सन्दर्भमा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएको ब्यवस्था अनुसार नै खुल्ला प्रतिस्पर्धात्मक रुपमा गाउँपालिकाद्धारा स्वीकृत दररेटको आधारमा तोकिएको समाग्रीहरुको खरिदको लागी स्थानीय पत्रिका प्रभात दैनिकमा सुचना प्रकाशन गरिएको हो । प्रकाशित सुचना कार्यालयको सुचना पार्टी , गाउँपालिकाको फेसवुक एप र वेवसाइटमा समेत स्पष्ठ रुपमा प्रकाशन गरिएको यहाँहरुको माझमा स्पष्ट नै छ । तोकिएको समयमा रित पूर्वक प्राप्त भएको फर्महरु मध्येवाट न्यूनतम दररेट पेश गर्ने फर्म सँग सम्झौता भई खरिद प्रक्रिया अगाडी वढाइएको छ । जहाँसम्म सामाजिक सन्जालमा लगाइएको आरोप सम्वन्धमा त्यस विषयमा कार्यालयद्धारा खरिद गरिएको खाद्य सामाग्रीको दररेट तयार गर्दा यस सुनकोशी गाउँपालिकाको प्रत्येक वडा कार्यालय, टोल वस्तीहरु सँग पुरयाउनु पर्ने लोड अनलोड प्याकिङ र प्याकिङ प्रयोग हुने सामाग्रीको मुल्य र ढुवानी भाडा समेत समावेश गरी सम्झौता गरिएको हुदा खाध्य सामाग्रीको दररेट बजार मुल्यभन्दा फरक देखिएको कुरा स्पष्ट पार्न चाहान्छ |

आर्थिक वर्ष: