FAQs Complain Problems

ग्यालरी

आज मिति २०८०।०८।१६ गते शनिबारका दिन करदता सेवा कार्यालय सिन्धुलीबाट यस गाँउपालिकाभित्रका विद्यालयहरुकाे लेखा हेर्ने कर्मचारी र प्रधानाध्यापक ज्यूहरु साथै सहकारीका लेखा प्रतिनिधिहरुलाई भुक्तानी करकट्टी र इटिडियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 12/03/2023 - 12:48
, , ,

लैंगिक हिंसा तथा बाल विवाह अन्त्य सम्बन्धि सचेतना अभिवृद्धि सडक नाटकका केहि दृश्यहरु । साथै महिला विरुद्ध हुने अत्याचारलाई एउटा नाटकको रुपमा प्रस्तुत गरेर सचेतना र सुझाव दिनुहुने सम्पूर्ण कला घरका कलाकारहरु प्रति र प्रगतिशील मा.वि. का विद्यार्थी भाइबहिनीहरु लाइ पनि सुन्दर नृत्यको लागि पनि हार्दिक धन्यवाद प्रकट गर्दछौ। " लैंगिक हिंसा अन्त्यको सुनिस्चितता : महिला र बालबालिकामा लागानिको एक्याबद्धता " को नारा सहित आजको कार्यक्रम सम्पन्न भयो ।

मिति: 12/03/2023 - 12:45
, ,

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे दिन गाँउपालिकाबाट टाढाकाे वडा, वडा न ७ का जेष्ठ नागरिकहरुसँग राेचक अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । वडाका जेष्ठ नागरिकहरुले गाँउपालिकाका अध्यक्ष श्री दिपा बाेहाेरा दाहाल ज्यूहरुसँग आफ्ना समस्या राख्नुभयाे । साथै अध्यक्ष ज्यूबाट समस्याहरुकाे समाधान गर्ने वचनबद्दता भएको छ ।

मिति: 10/09/2023 - 13:54
, , , , ,

३५ वर्ष माथि ५९ वर्ष सम्मका अविवाहित एकल महिला, माध्यम र सामान्य (ग र घ ) अपाङ्ग भएका च्यक्ति र आमा बाबुको संरक्षण र रेखदेखबाट वन्चित बालबालिकालाई आर्थिक सहायता वितरण तथा विपन्न परिवार सदस्यलाई इन्डक्सन चुलो यस सुनकोशी गाउपालिकाको सात वटै वडाहरुमा  वितरण गरियो ।

मिति: 06/07/2023 - 10:46
, , , , , , ,

Pages