FAQs Complain Problems

वडागत सहभागी श्रमिकहरुको लगत् विवरण सार्बजनिक सम्बन्धि सुचना |

विश्वब्यापी माहामारीको रुप धारण गरेको कोभिड १९ भाइरस संक्रमणको भय र निराकरणको प्रयासलाई सुनकोशी गाउँपालिकाले पनि  शिघ्राति शिघ्र अवलम्बन गर्नु पर्यो । खासगरी मानसिक रुपमा तयार नभइसकिएको र नसोचिएको माहामारी विरुद्धमा तुरुन्त तयार हुन सुनकोशी गाउँपालीकालाइ  निश्चय पनि ठूलै योजना र आर्थिक ब्यवस्थापनको काम गर्नुपर्यो र परिरहेको छ । तर यस अनिश्चिततापुर्ण घडिमा हाम्रो प्रयासलाई सवै पक्षबाट नैतिक र आर्थिक सहयोग प्राप्त भइरहेको छ । गाउँवासीहरुलाई सायद मानव सभ्यतामा कहिलै नभोगिएको घरभित्रै वन्दि भइरहनु पर्ने, विभिन्न भौतिक कठिनाईहरुको सामना गर्नुपर्ने तथा भय र अनिश्चिततामा समय गुजार्नुपर्ने जस्तो असामान्य समस्याहरु भोग्नु पर्यो । यद्यपी यो समस्यालाई किञ्चित नमानी सुनकोशी गाउँपालीकाको  प्रयासलाई सहज सहयोग गरिरहनु भएका तमाम गाउँबासीहरु  प्रति यस गाउँपालीका हार्दिक कृतज्ञता ब्यक्त गर्दछ साथै यहाँहरुको धैर्य र संयमतामा मलाई गर्वानुभूत भएको छ ।
यही चुनौतीलाई सामनागर्न सुनकोशी गाउँपालीकाले  खास मापदण्ड बनाएर राहत प्याकेज वितरणको कार्यलाई अगाडी वढायो ।

यस विषम परिस्थीतिमा यस सुनकोशी गाउँपालिका भित्र बसोवास गर्ने अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी काम गरी खाने नागरिक तथा अति विपन्न परिवारहरुको लागी नेपाल सरकारको निर्णयबाट भएको लकडाउनबाट दैनिक गुजारा चलाउन समस्या आएको हुदा , समाजिक दुरी कायम गरी सुरक्षित तवरवाट एक घर एक रोजगारीको माध्यमवाट नागरिकहरुलाई गाउँपालिकाको प्रचालित ज्याला दररेट बमोजिम यस गाउँपालिका क्षेत्र भित्रको गैर सगठानिक क्षेत्रमा कार्य गर्ने मजदुर तथा विपन्न नागरिकहरुलाइ ३ दिनको न्यूनतम रोजगारीको ब्यवस्था गरी ३ दिनको हुन आउने गाउँपालिकाको न्युनतम अदक्ष कामदारले प्राप्त गर्ने ज्याला वरावरको रकम रु २४००। मुल्य वरावरको खाध्य सामाग्री खरिद गरि वितरण सम्पन्न भयो |

 

पारिश्रमिक (जिन्सी ) ग्राह्य परिवारहरुको पहिचानको लागि वडाको सिफारिसलाई आधार मानिएको थियो । सिफारिस मापदण्डमा देहायका ४ वटा पक्षहरुलाई आधार मानिएको थियो ।
१.लाभग्राहीहरुको परिवारको सदस्यमा नेपाल सरकार तथा अन्तराष्ट्रिय सरकारी सेवाको करार वा स्थायी
प्रकृतिको रोजगार र पेनसनरत हुनु नहुने ।
२. समामाजिक सुरक्षा प्राप्त गर्ने ब्यत्ति लाभग्राही नहुने ।
३.सामाजिक रुपमा प्रतिष्ठित तथा आर्थिक रुपमा सम्पन्न व्यक्तिहरु समेत अयोग्य रहने |
४. असक्त तथा वयोबृद्ध नागरिकको हकमा भने बिशेष व्यबस्था गरिएको  |

माथिका मापदण्डका आधारमा वडाबाट सिफारिस भएका करिव २४००  राहत ग्राह्य घरपरिवारहरु मध्ये ३६२ घरपरिवारहरुलाई खाध्यान्न राहत उपलब्ध गराइएको थियो ।

यस लकडाउनमा पारिश्रमिक (जिन्सी )प्राप्त  वडागत लाभग्राहीको  नामावली निम्न फाईलमा रहेको  छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: